दिनदहाडै पार्कमा यौनमा लिप्त जोडी सिसिटिभीमा कैद, सामाजिक संजालमा भिडियो भाइरल

डिसी नेपाल
८ मंसिर २०७६ १४:०२

काडमाडौं। मानिसहरुको आवतजावत भइरहने पार्कको बीचमा दिउँसै यौनमा लिप्त भएको अवस्थामा एक जोडी सिसिटिभी क्यामेरामा रेकर्ड भएका छन् । भिडियो हेर्दा त्यतिबेला पार्कमा कैयौं आम सर्वसाधारण घुमिरहेको देख्न सकिन्छ । शुक्रबारको यो घटना अस्ट्रेलियाको पर्थस्थित लांगले पार्कको हो ।

डेलीमेलको रिपोर्ट अनुसार लांगले पार्क एक सार्वजनिक पार्क हो जहाँ जो कोही आउन जान सक्छ । द बेल टावर टाइम्सले घटनाको भिडियो सामाजिक संजालमा शेयर गरेको छ । घटनाको दौरान जोडीको नजिक एउटा कुकुर पुग्छ जसका कारण उनीहरु डिस्टर्ब हुन्छन् । त्यसपछि कुकुरको मालिक पनि त्यहाँ आउँछन् । जोडी र कुकुरका मालिकबीच केही कुराकानी पनि हुन्छ ।

अस्ट्रेलियाका फरक फरक राज्यमा सार्वजनिक स्थानमा यौन सम्बन्धका लागि अलग अलग कानुन छ । धेरैजसो राज्यमा यसलाई अपराध मानिएको छ चर कतिपय घटनामा जोडीले कारवाहीबाट छुट पाउँछन् । सामाजिक संजालमा सार्वजनिक भएको लांगले पार्कको भिडियोमा जोडीको केही दुरीमा मानिसहरु घुमिरहेको देख्न सकिन्छ । पार्कनजिकै कुनै कार्यालयको सिसिटिभीमा घटना रेकर्ड भएको हो । अहिलेसम्म यो घटनामा पुलिसले के कारवाही गर्यो भन्ने खुलेको छैन । यदि दोषी साबित भएमा स्थानीय कानुनअनुसार उनीहरुलाई २ वर्ष कैद हुन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *