सङ्खुवासभामा प्रदेशस्तरीय लाखेनाच हुने
चैनपुर । सङ्खुवासभाको पुरानो व्यापारिक केन्द्र चैनपुरमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर प्रदेशस्तरीय लाखेनाच प्रतियोगिता आयोजना गरिएको छ ।
नजिकिँदै गरेको भ्रमण वर्ष सफल पार्न, नेवार जातिको संस्कृति प्रदर्शन गरेर पर्यटक भित्र्याउन र लाखेनाचको संरक्षण गर्न नेवा देय दबु र चैनपुर समाजसेवा युवा क्लबले यसको आयोजना गरेका हुन्।
‘कला र संस्कृतिको संरक्षण, पहिचान र पर्यटनको प्रवद्र्धन’ भन्ने नाराका साथ यही मङ्सिर ७ गतेदेखि शुरु भएको प्रतियोगितामा झिगु नेवा पुच उदयपुर पहिला, अमृत तीनधारा लाखे समूह भोजपुर टक्सार दोस्रा र नेवा देय दवु सिभुवा संखुवासभा तेस्रा भएका थिए।
प्रतियोगितामा सात जिल्लाका १३ प्रतिस्पर्धी समूह सहभागी थिए । केही औपचारिक कार्यक्रम र मेला महोत्सवमा बाहेक आफ्नो संस्कृतिको चर्चासम्म हुन छाडेपछि लाखे नाच प्रतियोगिता आयोजना गरेर संरक्षण अभियान शुरुआत गरिएको आयोजक चैनपुर समाज सेवा युवा क्लबका अध्यक्ष रञ्जन श्रेष्ठले बताए।
हरेक वर्ष नाग पञ्चमीदेखि शुरु हुने लाखेजात्रा कृष्णजन्माष्टमीको भोलिपल्ट नवमीको दिन कृष्ण र कंसको नाच देखाएपछि विधिवत् अन्त्य हुन्छ।
प्रतियोगितामा विजयी उदयपुरले रु ५५ हजार, भोजपुर टक्सारले रु ३३ हजार र सिभुवाले रु २२ हजार पुरस्कारसमेत जितेका छन्। रासस
No ads found for this position



डिसी नेपाल
Facebook Comment