ती ट्याक्सी ड्राइभर र ५ खेलाडी जसले भारत र पाकिस्तानको दुश्मनी मेटाइदिए

डिसी नेपाल
१० मंसिर २०७६ १०:३३

काठमाडौं। पाकिस्तानी क्रिकेट टिम अहिले अस्ट्रेलियामा छ । यहाँ ५ पाकिस्तानी खेलाडीहरुले एक भारतीय ट्याक्सी ड्राइभरलाई आफूहरुसँगै डिनर गराए । ती ट्याक्सी ड्राइभरले खेलाडीहरुसँग ट्याक्सीको भाडा लिन अस्वीकार गरेपछि खेलाडीहरुले उनलाई साथमा डिनर गराएका हुन् । घटना ब्रिस्बेनमा भएको हो । घटनाबारे एबीसी रेडियोकी आरजे एलिसन मिशेलले अस्ट्रेलियाका फास्ट बलर मिशेल जोनसनलाई बताइन् । यो घटनाको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ ।

घटनाको बारेमा थाहा पाएपछि मानिसहरु ट्याक्सी ड्राइभर र खेलाडीहरुको प्रशंशा गरिरहेका छन् । एलिसन खेलको दिन त्यही ट्याक्सी ड्राइभरको साथमा मैदानमा गएकी थिइन् जसलाई खेलाडीहरुले डिनर गराएका थिए । यात्राका क्रममा ड्राइभरले एलिसनलाई यो घटनाबारे बताएका थिए । ड्राइभरले रेडियो प्रस्तोतालाई भने कि केही दिन पहिले उनी पाकिस्तान टिमका ५ खेलाडीलाई लिन होटल गएका थिए । यी खेलाडीहरुमा यासिर शाह, शाहीन आफरिदी र नसिम शाह पनि थिए ।

खेलाडीहरुले उनलाई एक भारतीय रेष्टुरेण्ट लिएर जान भने । रेष्टुरेण्टमा पुगेपछि खेलाडीहरुले उनलाई ट्याक्सी भाडा दिए तर ड्राइभरले आफूले ती खेलाडीहरुलाई सम्मान गर्ने बताउँदै भाडा लिन अस्वीकार गरे । त्यसपछि खेलाडीहरुले उनलाई यदि भाडा लिन नसक्ने भए आफूहरुसँगै डिनर गर्न भने । यो अफर उनले स्वीकार गरे र डिनर टेबलमा उनले खेलाडीहरुसँग सेल्फी पनि लिए । यो घटनाको भिडियो अस्ट्रेलियन ब्रोडकाटिङ कर्पोरेशन (एबीसी)ले शेयर गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *