क्रिस गेलले भने – ‘फ्रेन्चाइजी क्रिकेटमा सम्मान पाउँदिन’

डिसी नेपाल
१० मंसिर २०७६ १५:२१

काठमाडौं। क्रिस गेल जब फर्ममा हुन्छन् त्यतिबेला फ्रेन्चाइजी क्रिकेटमा उनको ठूलो माग हुन्छ तर जब केही खेलमा उनी असफल हुन्छन् त्यसपछि उनकै टिमले उनलाई बोझ ठान्न थाल्छन् । क्रिस गेल आफैंले विगतका वर्षहरुदेखि केही खेलमा असफल भएकै कारण आफू टिमको लागि बोझ बनेको महसुस गरेको बताए ।

यी ४० वर्षीय ओपनरले एमएसएलमा जोजी स्टार्सको लागि ६ इनिङमा मात्रै १०१ रन बनाए । इएसपिएनक्रिकइन्फोका अनुसार गेलले भने ‘जब म दुई वा तीन खेलमा टिमको लागि राम्रो प्रदर्शन गर्दिन त्यसपछि क्रिस गेल टिमको लागि बोझ बन्छ ।’ उनले अगाडि भने ‘म केवल यो टिमको कुरा गरिरहेको छैन । फ्रेन्चाइजी क्रिकेट खेल्ने क्रममा विगत केही वर्षदेखि मैले यो आँकलन गरेको छु । यदि म दुई तीन वा ४ इनिङमा रन बनाउन सकिन भने क्रिस गेल बोझ बन्छ । यस्तो लाग्छ एक खास व्यक्ति टिमको लागि बोझ हो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *