भारतको राष्ट्रिय टिममा नपरेका धोनीलाई बंगलादेशले अन्तर्राष्ट्रिय टि–२० खेलाउने !

डिसी नेपाल
१० मंसिर २०७६ १५:४०

काठमाडौं। विश्वकपपछि भारतको राष्ट्रिय टिममा नपरेका भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई बंगलादेशले अन्तर्राष्ट्रिय टि–२० खेलाउनको लागि भारतीय क्रिकेट बोर्ड बीसीसीआइसँग मागेको छ । बंगलादेश क्रिकेट बोर्डले धोनीसहित ७ जना खेलाडी बीसीसीआइसँग मागेको हो ।

आगामी मार्च १८ र २१ मा एशिया ११ र विश्व ११ बीच हुने टि–२० खेलमा एशिया ११ को तर्फबाट खेल्नको लागि बंगलादेश क्रिकेट बोर्डले भारतका महेन्द्र सिंह धोनी, विराट कोहली, जसप्रित बुमराह, हार्दिक पंड्या, रोहित शर्मा, भुवनेश्वर कुमार र रविन्द्र जडेजालाई मागेको छ । बीसीबीले बीसीसीआइलाई एक प्रस्ताव पठाएको छ र धोनीसहित ७ खेलाडी उपलब्ध गराइदिन अनुरोध गरेको छ । आइसीसीले यी दुवै खेललाई टि–२० अन्तर्राष्ट्रियको मान्यता दिइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *