कतारमा २४ औं गल्फ कप, साउदी अरेबिया,युएई र बहराइन पनि सहभागी

डिसी नेपाल
१० मंसिर २०७६ १५:५८

काठमाडौं। आज (मंगलबार) देखि कतारमा २४ औं गल्फ कप फुटबल प्रतियोगिता सुरु हुँदैछ। प्रतियोगितामा साउदी अरेबिया, युएई र बहराइन पनि सहभागि छन्। अरब गल्फ कप फुटबल संघले आयोजना गर्ने यो खेल आगामी डिसेम्बर ६ तारिखसम्म दोहाको खलिफा तथा अब्दुल्हा बिन खलिफा रंगशालमा चल्नेछ।

यसअघि यी तीन देश बिना प्रतियोगिता सञ्चालन गर्ने पक्का भएको थियो । जसमा, २०१८ को संस्करणमा विजेता भएको ओमन, यमन, इराक र कुवेत मात्रै प्रतियोगितामा खेल्न सहमति भएका थिए।

तर, अन्तिम समयमा सबै आठ राष्ट्र नै सहभागी हुने भएपछि प्रतियोगिताको मिति र ढाँचा समेत फेरबदल गरिएको थियो ।

प्रतियोगिताको समुह ‘ए’ मा कतार, युएई, यमन र इराक छन् भने, समुह ‘बि’ मा ओमन, साउदी अरेवीया, कुवेत र बहराइन छन्।

प्रतियोगिताको खलिफा अन्तराष्ट्रिय रंगशालामा अमिर शेख तमिम बिन हमदले उद्घाटन गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *