‘द हन्ड्रेड’को खेल तालिका सार्वजनिक, पहिलो दिन नै सन्दिप आवद्ध टिमको खेल

डिसी नेपाल
१० मंसिर २०७६ १७:१२

एजेन्सी ।इङ्ल्यान्डड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । मंगलबार सार्वनजिक तालिका अनुसार सन् २०२० को १७ जुलाई देखि १५ अगस्टसम्म खेल हुनेछ।

प्रतियोगितामा नेपाली राष्ट्रिय टिमका लेगस्पिनर सन्दीप लामिछानेले ओभल इन्भेन्सीबल्सबाट खेल्ने छन् । एकसय बलको हुने ‘द हन्ड्रेड’ मा पहिलो खेल सन्दीप आबद्ध टोली ओभलले वेल्स फाएरसँग जुलाई १७ मा खेल्नेछ ।

दोस्रो खेल ओभलले म्यानचेस्टर ओरिजिन्लससँग जुलाई २५, जुलाई २६ मा साउदर्न ब्रेभ, २९ मा लन्डन स्प्रिट, अगस्ट २ मा ट्रेन्ट रकेट्स, अगस्ट ६ मा लन्डन स्प्रिट र अन्तिम खेल अगस्ट ११ मा बर्मिङ्घम फोनेक्ससँग खेल्नेछ । यसअघि इन्भेन्सीबल्सले सन्दीपलाई एकलाख पाउण्ड (करिब एक करोड ४७ लाख) नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो ।

विश्वका ठूला फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै सर्वाधिक रकम पाएका हुन् । ‘द हन्ड्रेड’ मा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । हरेक टोलीमा तीनजना विदेशी खेलाडी राख्न पाउनेछन् ।

तालिका हेर्न यहाँ क्लीक गर्नुहोस्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *