सागका लागि माल्दिभ्सको क्रिकेट टोली काठमाडौंमा

डिसी नेपाल
१० मंसिर २०७६ २०:३३

काठमाडौं । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाउन माल्दिभ्सको राष्ट्रिय महिला र पुरुष क्रिकेट टोली मंगलबार काठमाडौं आईपुगेको छ ।

साग महिला क्रिकेट पोखरा रंगशालमा हुने छ । सागमा महिला क्रिकेटमा नेपाल, माल्दिभ्स, बंगलादेश र श्रीलंका छन् । यस्तै पुरुष क्रिकेट टियु क्रिकेट मैदानमा हुने छ ।

साग पुरुषमा नेपाल, माल्दिभ्स, भुटान, बंगलादेश र श्रीलंका रहेका छन् । कीर्तिपुर क्रिकेट मैदानमा हुने टि ट्वान्टी पुरुष साग क्रिकेटमा शीर्ष दुई टोली स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *