लोकतान्त्रीक सरकारले बाटो विरायो : सहमहामन्त्री महत

डिसी नेपाल
१० मंसिर २०७६ २२:४५

पोखरा । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार बाटो बिराएकाले लोकतान्त्रिक पद्धतिमा ल्याउन आफ्नो पार्टीको उम्मेदवारलाई जिताउनुपर्ने बताएका छन्। पोखरा–२० भलाममा आयोजित चुनावीसभामा सम्बोधन गर्दै उनले अहिलेको राजनीतिक परिस्थितिको विश्लेषण गरेर मतदान गर्न आग्रह गरे।

काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिँह केसीले अहिलेको उपनिर्वाचन सदाचार, विचार, न्याय र अन्याय तथा स्वतन्त्रता र निरङ्कुशता बीचको लडाइँ भएको बताए। मुलुकको समस्या समाधान गर्न सक्ने पार्टी काँग्रेसमात्र भएको भन्दै उनले काँग्रेस जनतासामु गरेका वाचा सधैँ पूरा गर्न प्रतिबद्ध रहेको उल्लेख गरे। काँगे्रस प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको सरकारले अनावश्यक सपना मात्रै बाँडेको आरोप लगाए। उनले खेमराज पौडेल चुनाव जितेर गएपछि संसद्मा बोल्दै गर्दा कास्कीका नागरिक बोलेको आभास हुने बताए।

उम्मेदवार पौडेलले जनताको अपेक्षामाथि ठेस पुग्न नदिने उल्लेख गर्दै अहिलेको चुनाव भनेको जनताको शक्ति देखाउने थलो भएको बताए। चुनावीसभामा केन्द्रीय सदस्य अर्जुन जोशी, धनराज गुरुङ, उमा रेग्मी, पूर्वसांसद शारदा पौडेल, सांसद विन्दा राना, गण्डकी प्रदेशसभा सदस्य तथा चुनावी कमान्डर विन्दुकुमार थापा र नेता शुक्रराज शर्मालगायतले आ–आफ्नो धारणा राखेका थिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *