भूकम्पमा हजुरआमा मरिन् तर, नातिलाई बचाइन्

डिसी नेपाल
११ मंसिर २०७६ ७:४९

बीबीसी। अल्बानियामा मंगलबार गएको भूकम्पमा परी कम्तिमा पनि १८ जनाको मृत्यु भएको छ। ९ दशमलव ४ रेक्टरस्केलको भूकम्पको केन्द्रविन्द्र अल्बानियको राजधानी तिरानाभन्दा ३४ किलोमिटर टाढा उत्तर–पश्चिममा थियो। मंगलबार विहान भूकम्प गएको केही घण्टापछि बोसनियाको मोस्टारमा पनि भूकम्प गएको थियो। यद्यपी सो भूकम्पबाट कुनै पनि मानवीय क्षति भएको समाचार आएको छैन।

अल्बानियाका प्रधानमन्त्री एडी रामाले ट्विट गर्दै लेखेका छन्–हामी पीडितका साथमा छौं। हामी प्रभावित क्षेत्रमा सहयोगका लागि हर संभव कोशिश गरिरहेका छौं।’
अल्बानियाका स्थानीय संचारमाध्यमका अनुसार ६०० मानिसको अहिले अस्पतालमा उपचार भइरहेको छ।

भूकम्पपछि स्कुल बन्द गरिएको छ। उद्दारकर्मीले अल्बायिनका संचारमाध्यमलाई एक वृद्ध महिलाका विषयमा जानकारी दिएका छन्।

उद्दारकर्मीले जब एक जना वृद्ध महिलाको शव फेला पारे, तब उनी आफ्नो नातिसँग सुतिरहेकी थिइन्। ती हजुर आमाले आफ्नो नातिलाई यसरी समाएकी रहिछन्, जसले आफू मरेर पनि नातिलाई बचाइन्। भूकम्पपछि उद्दारकार्य तीव्र रुपमा भइरहेको छ। प्रहरी र आपतकालीन सेवामा कार्यरत मानिसहरुले ठूला भवनमा फसेकालाई निकाल्ने काम जारी राखका छन्।

भूकम्पमा धेरै मानिस ठूला भवनमा फसेको हुनसक्ने अनुमान गरिएको छ। अधिकारीहरुका अनुसार अहिलेसम्म भूकम्पबाट क्षतिग्रस्त भवनबाट ४२ जनालाई जिवितै उद्धार गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *