भायनेटले ल्यायो “क्या लभ्ली अफर”, यस्ता छन् विशेषता

डिसी नेपाल
११ मंसिर २०७६ ११:३३

काठमाडौं । भायनेट कम्युनिकेसन्स्ले संचालनको २० औं वर्षमा प्रवेश गरेको अवसरमा ग्राहकहरुका लागि ‘क्या लभ्ली अफर’ नामक आकर्षक योजना बजारमा ल्याएको छ ।

भायनेटको यो योजना अन्तर्गत ग्राहकहरुले रु ३४ हजार रुपैयाँमा एक वर्षका लागि इन्टरनेट, नेट टि.भी र ६४ मेगापिक्सल क्यामरा भएको XIAOMI REDMI NOTE 8 PRO प्राप्त गर्नेछन् ।

त्यसैगरी २७ हजार ७ सय रुपैयाँमा एक वर्षका लागि इन्टरनेट, नेट टि.भी र XIAOMI REDMI NOTE 8 प्राप्त गर्नेछन् भने इन्टरनेट प्याकेजसँग ग्राहकहरुले १८ हजार ७ सय ९० देखि Samsung र Skyworth को ३२” देखि ४३” सम्मका LED Tv हरुका साथै इन्टरनेट र फ्रि नेट टि.भी. प्राप्त गर्न सक्न भायनेटले जनाएको छ।

यस योजना अन्तर्गत भायनेटले ग्राहकहरुलाई ३ महिनाका लागि पनि विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराएको छ। सन् १९९९ मा स्थापित भायनेट कम्युनिकेसन्स्ले लामो समयदेखि ब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदान गर्दै आएको छ।

सन् २०११ देखि भायनेट कम्युनिकेसन्स्ले फाइबर अप्टिक्स् इन्टरनेट वा FTTH इन्टरनेट सर्भिस शुरुवात गरी घर तथा अफिसहरुलाई FTTH सेवाले जोड्न सफल भएको छ।

हाल भायनेटले काठमाडौं उपत्यका बाहेक बनेपा, बुटवल, बिराटनगर, विरगंज, चितवन, हेटौंडा र पोखरामा समेत आफ्नो सेवा सुचारु गरिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *