नेपाल र बंगलादेश महिला भलिबल शुरु हुँदै, खेलाडी मैदानमा
काठमाडौं। १३ औं सागको पहिलो खेलका रुपमा नेपाल र बंगलादेशबीच महिला भलिबल खेल अबको केहीबेरमा शुरु हुने भएको छ। दुबै देशका खेलाडीहरु कोर्टमा आइसेकाक छन्। यो खेलका लागि खेलकुदमन्त्री जगत विश्वकर्मा, राखेप सदस्य सचिब रमेश शिलवाललगायतका भीआईपीहरु पनि आइसकेका छन्।
महिला भलिबल नेपालले स्वर्ण पदक आश गरेको एक महत्वपूर्ण खेल हो। हालै बंगलादेशमा भएको खेलमा पनि नेपालले बंगलादेशलाई पराजित गरिसकेको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment