सागः नेपाल र बंगलादेशबिचको खेल जारी, पहिलो सेटमा नेपालको जित
काठमाडौं। १३ औं सागको पहिलो खेलका रुपमा नेपाल र बंगलादेशबीच महिला भलिबल खेल जारी छ। नेपालले पहिलो सेट जितेको छ। नेपालले २५-९ को स्कोरमा जित निकालेको हो। खेलकुद मन्त्री जगत विश्वकर्माले खेलको उद्घाटन गरेका छन्। मन्त्री विश्वकर्माले बल अम्पाएरलाई हस्तान्तरण गरेर खेल उद्घाटन गरे।
महिला भलिबल नेपालले स्वर्ण पदक आश गरेको एक महत्वपूर्ण खेल हो। हालै बंगलादेशमा भएको खेलमा पनि नेपालले बंगलादेशलाई पराजित गरिसकेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment