चुनावलाई प्रभावित पारित हुन्न : वरिष्ठ नेता पौडेल
फाइल तस्विर
पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न उपनिर्वाचनको पवित्रता उल्लङ्घन गर्न नहुने बताएका छन्।
नेपाल प्रेस युनियन कास्कीद्वारा आयोजित पत्रकार भेटघाटमा पौडेलले अहिलेको चुनाव जनताद्वारा वर्तमान सरकारको मध्यावधि मूल्याङ्कन गर्ने चुनाव भएका कारण यसको पवित्रता उल्लङ्घन गर्न नहुने बताएका हुन।
कास्की क्षेत्र नं २ मा पार्टीले त्यागी, इमान्दार नेता खेमराज पौडेललाई अघि सारेकाले अब जनताले न्याय गर्नुपर्ने उनको धारणा थियो।
कालापानीमा सीमा मिचिएको विषयमा कहिल्यै कसैले पनि संसद्मा प्रस्ताव नलगेको र त्यसलाई आफूले नरोकेको जिकिर गर्दै उनले झुटो प्रचार गरेर भ्रम सिर्जना नगर्न आग्रह समेत गरे। रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment