सागमा नेपालको शानदार शुरुआत, महिला भलिबलमा बंगलादेशमाथि नेपालको जित

डिसी नेपाल
११ मंसिर २०७६ १६:३८

काठमाडौं। बुधबार शुरु भएको १३ औं दक्षिण एशियाली खेलुकद (साग) मा नेपालले जितका साथ प्रतियोगिता शुरुआत गरेको छ। बुधबार भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले महिला भलिबलमा बंगलादेशमाथि शानदार जित निकालेको हो।

दशरथ रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा नेपाली महिला खेलाडीले बंगलादेशलाई सोझो सेटमै पाखा लगाए। पहिलो सेटमा २५-९ को नतिजा निकालेको नेपालले दोस्रो सेटमा २५-९ को जित हात पार्यो। तेस्रो सेटमा केही सुधारिएको प्रदर्शन गरेको बंगलादेशले ९ को स्कोरपछि राम्रो गर्न सकेन। तेस्रो सेट नेपालले २५-११ मा जित्यो।

नेपालका लागि प्रतिभा माली, अरुणा शाही, सरस्वती चौधरीलगायतले उत्कृष्ट प्रदर्शन गरेको छ। बुधबारै नेपाल र बंगलादेशबीच पुरुष भलिबल पनि हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *