वेस्ट ईण्डिज विरुद्धको टी–२० टिमबाट शिखर धवन बाहिरिए
एजेन्सी । वेस्ट ईण्डिज विरुद्ध हुने टी–२० सिरिजमा भारतीय टिमबाट शिखर धवन बाहिरिएका छन्। आगामि ६ डिसेम्बरबाट हुने खेलमा भारतीय टिमका ओपनिङ ब्याट्सम्यान धवन चोटको कारण बाहिरिएका हुन्।
धवनलाई सायद मुस्ताक अली ट्रफिमा महाराष्ट्रविरुद्धको खेलमा बायाँ खुट्टामा गहिरो चोट लागेको थियो। यसअघि वेस्ट ईण्डिजविरुद्धको सिरिजमा निको भएर खेल्न सक्ने भन्दै टिममा परेपनि अहिले डाक्टरहरुले खेल्न नसक्ने बताएका छन्।
भारतीयटिममा धवनको सट्टा विकेटकिपर ब्याट्सम्यान सञ्जु सामसनलाई टिममा राखिएको छ। यसअघि घोषणा भएको टिममा सञ्जु परेका थिएनन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment