नेपालले लर्ड्समा एमसीसीसँग खेल्ने

डिसी नेपाल
११ मंसिर २०७६ १७:२३

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्वको पुरानो तथा चर्चित क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) सँग इंग्ल्याण्डको लर्ड्स मैदानमा खेल्ने भएको छ ।

होम अफ क्रिकेट मानिने लर्ड्सले बुधबार एक विज्ञप्ति निकाल्दै लिगेसी टुर अन्तर्गत नेपालले इंग्ल्याण्ड भ्रमण गर्ने जनाएको छ । नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो । नेपालले आगामी अगष्टमा लर्ड्सको भ्रमण गर्नेछ । नेपाल र एमसीसीबीचको खेल अगष्ट २४ मा बताईएको छ ।

नेपालले तेस्रो पटक लर्ड्सको भ्रमण गर्न लागेको हो । नेपालले पछिल्लो समय सन् २०१६ मा लर्ड्सको भ्रमण गरेको थियो । त्यस भ्रमणमा नेपालले एमसीसी र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेलेको थियो । उक्त भ्रमण दौरान नेपालले एमसीसीलाई ४१ रनले पराजित गरेको थियो भने नेदरल्यान्ड्सविरुद्धको खेल खराब मौषमको कारण रद्द भएको थियो ।

गत महिना मात्र एमसीसीले नेपालको भ्रमण गरेको थियो । जसमा एमसीसीले नेपालको यू–१९ टिम र राष्ट्रिय टिमसँग खेल खेलेको थियो । यस्तै एमसीसीले पोखराको स्थानीय दुई क्लबसँग पनि खेलेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *