सडन डेथमामा थ्री स्टारलाई हराउँदै एपीएफ फाईनलमा

डिसी नेपाल
११ मंसिर २०७६ १८:१८

काठमाडौं । नेपाल एपिएफ क्लब चन्द्रागिरी मेयर गोल्ड कप फुटबलको फाइनल पुगेको छ । रुस्लान थ्री स्टार क्लबलाई सडन डेथमा हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो ।

शुक्रबार हुने फाइलनमा एपिएफले अर्को विभागिय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । ब्रिगेड ब्वाइज क्लबलाई १–० ले हराउँदै पुलिस मंगलबार अन्तिम दुईमा पुगेको थियो ।

चन्द्रागिरी नगरपालिकाको नैकाप फुटबल मैदानमा निर्धारित ९० र थप २० मिनेट पनि गोलरहित बराबरीमा टुंगिएपछि सडन डेथमा एपिएफले बाजी मारेको हो । सडन डेथमा एपिएफ ९–८ ले विजयी भएको थियो ।

दुवैतर्फका समान ११ पेनाल्टी प्रहार गरेपछि नतिजा निस्केको थियो । सुरुवाती ५ पेनाल्टीमा ४–४ को बराबरी भएको थियो । थ्री स्टारका लागि ११ औं पेनाल्टी करण राउतले प्रहार गर्दा सफल हुन सकेन । एपिएफका लागि भने अमृत चौधरीको प्रहार सफल भएको थियो ।

तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको छ । १४ मंसिरमा फाइनल खेल हुनेछ । विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ ।

सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ । पहिलो संस्करणमा हिमालय शेर्पा क्लब तथा दोस्रो संस्करणमा च्यासल युथ क्लब च्याम्पियन बनेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *