च्याम्पियन्स लिगः बार्सिलोनाले डर्टमण्डको तथा लिभरपुलले नापोलीको सामना गर्दै

डिसी नेपाल
११ मंसिर २०७६ १८:३९

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलमा आज (बुधबार) आठ खेल हुँदैछ ।

च्याम्पियन्स लिगमा बुधबार राति साविक विजेता लिभरपुल, बार्सिलोना, चेल्सी, इन्टर मिलान, बोरुसिया डर्टमण्ड लगायतका क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

इन्ग्लिश क्लब लिभरपुलले घरेलु मैदानमा इटालियन क्लब नापोलीसँग खेल्दैछ । खेल राति १ः४५ मा सुरु हुनेछ ।

समूह ई मा रहेको लिभरपुल घरेलु मैदानमा जित निकाल्दै अन्तिम १६ मा पुग्न चाहन्छ । यस्तै नापोली पनि लिभरपुललाई हराएर नकआउट चरणमा स्थान सुरक्षित गर्न चाहन्छ ।

समूहको शीर्ष स्थानमा रहेको लिभरपुलको ९ अंक रहेको छ । दोस्रो स्थानको नापोलीको ८ अंक रहेको छ । यसै समूहको अर्को खेलमा जेन्क र साल्जबर्गबीच खेल हुनेछ ।

समूह एफ मा रहेको बार्सिलोनाले घरेलु मैदानमा जर्मन क्लब बोरुसिया डर्टमण्डसँग खेल्दैछ । दुई बीचको खेलमा विजेता टोलीले अन्तिम १६ मा स्थान बनाउने छन् ।

दुवै टिम जित निकाल्दै नकआउट चरणमा पुग्ने योजनासहित मैदान उत्रने छन् । यस समूहको शीर्ष स्थानको बार्सिलोनाले ४ खेलमा ८ अंक जोडेको छ । डर्टमण्डको ७ अंक रहेको छ ।

यस्तै अर्को खेलमा इन्टर मिलानले स्लाभियासँग खेल्नेछ । अन्य खेलमा इन्ग्लिश क्लब चेल्सीले भ्यालेन्सिया तथा आयक्सले लिलीसँग खेल्नेछ ।

त्यस्तै पिटर्सबर्गले लियोन र आरबी लेपजीगले बेन्फिकासँग खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *