नेपाल र माल्दिभ्सबिच मैत्रीपूर्ण खेल हुने

डिसी नेपाल
११ मंसिर २०७६ २०:२५

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाउन नेपाल आएको माल्दिभ्सले नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । मुलपानी क्रिकेट मैदानमा माल्दिभ्सले बिहिबार नेपालको ए टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।

सागमा सहभागिता जनाउन माल्दिभ्सको टोली मंगलबार नै नेपाल आईसकेको छ । नेपाल र माल्दिभ्सबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । नेपाल ए शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने छ ।

त्रिवि क्रिकेट मैदानमा हुने सागको पुरुषतर्फ पाँच टिमले प्रतिस्पर्धा गर्ने छन् । जसमा नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स रहेका छन् । पाँच टिम रहेको कारण नेपालले पदक जित्ने सम्भावना बढी रहेको छ ।

सागमा टेष्ट राष्ट्र (बंगलादेश र श्रीलंका) ले यू–२३ टिम खेलाउने छन् । तर, केहि सिनियर खेलाडी टिममा राख्न पाउने गर्छन । एसोसियट राष्ट्रले भने राष्ट्रिय टिम नै खेलाउने नियम रहेको छ ।

नेपालको पहिलो खेल श्रीलंकासंग डिसेम्बर ३ मा हुनेछ । यस्तै नेपालले डिसेम्बर ५ मा भुटानसँग खेल्दा डिसेम्बर ६ मा माल्दिभ्सको सामना गर्नेछ । नेपालले अन्तिम खेलमा डिसेम्बर ७ मा बंगलादेशसँग खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *