तीनैजना स्टारले गोल गरेपछि बार्सिलोना अन्तिम १६ मा, मेस्सीले बनाए किर्तीमान

डिसी नेपाल
१२ मंसिर २०७६ ८:२३

काठमाडौँ । टिमका तीन टार फरवार्डहरु लियोनेल मेस्सी, लुइस सुआरेज र एन्टोइन ग्रिजम्यानले १–१ गोल गरेपछि च्याम्पियन्स लिगमा बार्सिलोनाले जर्मनीको बलियो टिम बोरुसिया डर्टमण्डलाई ३–१ ले पराजित गरेको छ । डर्टमण्डका लागि एक गोल जाडोन सान्चोले गरेका थिए ।

मेस्सीले बार्सिलोनाका लागि सात सयौं खेल खेल्दै एक गोल र एक असिस्ट गरेका थिए । मेस्सीले यस खेलमा गोल गरेसँगै च्याम्पियन्स लिगको इतिहासमा नयाँ किर्तिमान समेत बनाएका छन् । मेस्सीले च्याम्पियन्स लिगको इतिहासमा फरक ३४ टिमविरुद्ध गोल गर्दै नयाँ किर्तिमान बनाएका छन् । यस अघि मेस्सीले क्रिस्टियानो रोनाल्डो र राउलसँग बराबरी गर्दै ३३ फरक टिमविरुद्ध गोल गरेका थिए ।

यस खेलमा बार्सिलोनाका ओसमान डेम्बेले घाइते भएका छन् । बार्सिलोनाका लागि डेम्बेलेको इन्जुरीले फेरि चिन्ता बढाएको छ । यो जितपछि बार्सिलोना ५ खेलमा ११ अंकसहित शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।

यो समूहबाट अन्तिम १६ मा छनौट हुने दोस्रो टिमको टुंगो भने अन्तिम खेलपछि हुने भएको छ । यस समूहमा इन्टरमिलान र डर्टमण्ड ५–५ खेलमा ७–७ अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् । अब समुह चरणको अन्तिम खेलमा इन्टरमिलानले बार्सिलोनासँग खेल्ने छ भने डर्टमण्ड स्लाभिया प्राहसँग डिसेम्बर ११ मा खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *