पोर्चुगलका फेलिक्स बने युरोपका उत्कृष्ट अण्डर २१ खेलाडी

डिसी नेपाल
१२ मंसिर २०७६ ८:२९

काठमाडौँ । यस बर्षको लागि सर्वोत्कृष्ट अण्डर २१ खेलाडी घोषित हुँदै गोल्डेन ब्वाय अवार्ड पोर्चुगलका युवा खेलाडी जोआओ फेलिक्सले जितेका छन् । फेलिक्सले इङल्याण्डका युवा फुटबलर जाडोन सान्चो र एर्लिंग ब्राउट हलाण्डलाई पछि पार्दै २०१९ को गोल्डेन ब्वाय अवार्ड जितेका हुन् ।

स्पेनिस क्लब एथ्लेटिको मड्रिडबाट व्यावसायिक फुटबल खेल्ने फेलिक्स यस सिजनको सुरुवातमा पोर्चुगिज क्लब बेनिफिकाबाट रेकर्ड १४६ मिलियन अमेरिकी डलरमा एथ्लेटिको गएका हुन् । यस सिजनमा फेलिक्सले एथ्लेटिकोबाट उत्कृष्ट सुरुवात गरेका छन् । गत सिजनमा बेनिफिकामा १५ गोल र सात असिस्ट गरेका फेलिक्सले एथ्लेटिकोमा अहिलेसम्म सबै गरेर १३ खेल खेलेका छन् भने ३ गोल गरेका छन् ।

यो अवार्ड जितेर यस अघिका यस अवार्डका विजेता लियोनेल मेसी, वाइन रूनी, पाउल पोग्वा, किलियन एम्बाप्पे जस्ता खेलाडीको सूचीमा दर्ता भएका छन् । यो अवार्ड २०१८ मा नेदरल्याण्डसका माथिस डिलाईट, २०१७ मा किलीयन एम्बाप्पे, २०१६ मा रेनाटो सान्चेज, २०१५ मा एन्थोनी मार्सियल, २०१४ मा रहीम स्टरलिङ, २०१३ मा पाउल पोग्वा, २०१२ मा इस्कोम २०११ मा मारियो गोटजे र २०१० मा मारियो बालोटेलीले जितेका थिए ।

त्यस्तै लियोनेल मेसीले गोल्डेन ब्वायको अवार्ड २००५ मा जितेका थिए । यो अवार्ड इटालीको प्रतिष्ठित खेल पत्रिका टुटोस्पोर्ट्सले सन् २००३ देखि अन्तर्राष्ट्रिय फुटबलका उदीयमान खेलाडीलाई दिदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *