च्याम्पियन्स लिगः समूह ‘इ’को समीकरण रोचक, ४ वटै टिम बाहिरिने खतरामा

डिसी नेपाल
१२ मंसिर २०७६ ९:०७

काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत समूह ‘इ’मा निकैरोचक समीकरण बनेको छ । गएराती भएको खेलमा लिभरपुल नापोलीसँग बराबरीमा रोकिएपछि टप १६ मा पुग्ने कुनै पनि टिम निश्चित हुन सकेन । यो समूहबाट रेसिङ गेंक बाहिरिइसकेको छ । बाँकी ३ टिम लिभरपुल, नापोली र रेडबुल मध्ये कुनै २ टिम अन्तिम १६ मा पुग्ने भएका छन् । तर यी तीन टिममध्ये जुनसुकै टिम पनि बाहिरिन सक्ने खतरामा छन् ।

गएराती सम्पन्न समूह ‘इ’ अन्तर्गतको खेलमा लिभरपुल र नापोली १–१ गोलको बराबरीमा रोकिएका छन् । लिभरपुलका लागि डेजान लोभरेनले एक गोल गरे भने नापोलीका लागि ड्राइज मेर्टेन्सले एक गोल गरेका थिए । लोभरेनले खेलको ६५औ मिनेटमा हेडमार्फत गोल गर्दै लिभरपुललाई हारबाट बचाएका थिए ।

लिभरपुल र नापोली यो खेल जितेर अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गर्ने दाउमा रहेको भएपनि यो बराबरी पछि अब यस समुहबाट अन्तिम १६ मा पुग्ने टिमको टुंगो अन्तिम खेलपछि मात्र लाग्ने भएको छ ।

यस समूहमा लिभरपुलको ५ खेलमा १० अंक रहेको छ भने अब अन्तिम १६ मा पुग्न अन्तिम खेलमा रेडबुल साल्जबर्गसँग बराबरी खेले मात्र पुग्ने छ । त्यस्तै साल्जबर्गको ५ खेलमा ७ अंक रहेको छ भने समूहमा तेस्रो स्थानमा रहेको छ । त्यस्तै नापोलीको ५ खेलमा ९ अंक छ भने अन्तिम खेलमा गेंकसँग खेल्ने छ ।

अब समीकरणअनुसार अन्तिम खेलमा लिभरपुलले हारेमा उसले नापोली र रेसिङ गेंकको नतिजा पर्खिनुपर्नेछ । दोस्रो खेलमा रेसिंग गेंकले जितेको अवस्थामा लिभरपुल हारेर पनि अन्तिम १६ मा पुग्नेछ । यदि लिभरपुलले हारेको अवस्थामा रेसिंग गेंकले पनि हारेमा लिभरपुल र गेंक बाहिरिनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *