च्याम्पियन्स लिगः लिले बाहिरियो, बाँकी ३ टिम पनि सबै असुरक्षित

डिसी नेपाल
१२ मंसिर २०७६ ९:१६

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत समुह ‘एच’मा अन्तिम खेलमा रोचक भिडन्त हुने भएको छ । अब चेल्सी र लिलेबीच तथा अयाक्स र भ्यालेन्सियाबीच समूहको अन्तिम खेल हुन बाँकी छ । गएराती यो समूहका २ खेलमध्ये आयाक्सले लिलेमाथि २–० को जित हासिल गर्यो भने चेल्सी र भलेन्सिया बराबरी खेलेका छन् ।

चेल्सी र भलेन्सियाबीचको खेल रोमान्चक हुदै बराबरीमा रोकियो । भलेन्सियाका लागि कार्लोस सोलेर र डानियल वासले एक एक गोल गरे भने चेल्सीका लागि माटेओ कोभाकिक र क्रिस्टियन पुलासिकले एक एक गोल गरेका छन् ।

यस समूहमा आयाक्स ५ खेलमा १० अंक हासिल गर्दै शीर्ष स्थानमा छ । त्यस्तै चेल्सी ५ खेलमा ८ अंकसहित दोस्रो स्थानमा रहेको छ भने भलेन्सिया ५ खेलमा ८ अंकसहित नै तेस्रो स्थानमा रहेको छ । त्यस्तै लिलेले ५ खेलमा एक अंक हासिल गर्दै अन्तिम स्थानमा रहेको छ । अब अन्तिम खेल चेल्सी र लिलेबीच हुने छ भने आयाक्स र भलेन्सियाबीच हुने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *