संसारभर एकै पटक फेसबुक ‘डाउन’

डिसी नेपाल
१२ मंसिर २०७६ २२:१४

काठमाडौं। सामाजिक सञ्जाल फेसबुक ‘डाउन’ भएको छ। नेपाली समयअनुसार पौने ८ बजेदेखि फेसबुकमा विभिन्न किसिमका समस्याहरु आएका छन्। पेज लोड नहुने, अकाउण्ट अटो लगआउट हुने, न्यूज फिड नदेखिने र केही पोस्ट नहुने जस्ता समस्या देखिएका छन्।

संसारका विभिन्न देशका फेसबुक प्रयोगकर्ताहरुले अर्को सामाजिक सञ्जाल ट्वीटरमा फेसबुकमा देखिएको समस्याबारे कुरा गरिरहेका छन्। भारतमा पनि यसको समस्या देखिएको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन्।

नेपालमा पनि फेसबुकले राम्रोसँग काम गरिरहेको छैन। पेज अपलोड गर्दा ‘केही गलत भइरहेको’ सन्देश आउने गरेको छ। तर, यतिबेलासम्म फेसबुकले यो विषयमा कुनै जानकारी भने दिएको छैन।

फेसबुक डाउन भएपछि विभिन्न समस्याहरु देखिएका छन्। अकाउण्ट अटो लगआउट हुनु जोखिमपूर्ण रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। यसअघि फेसबुकले ह्याक भएका अकाउण्ट रिफ्रेस गर्दा अटो लगआउट गरिदिएको थियो। यदि अहिले यो समस्या देखिएको बेला कसैको अकाउण्ट अटो लग आउट भए सो अकाउण्ट सदाका लागि बन्द हुने जोखिमसमेत रहेको उल्लेख गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *