३७ फोटोमा हेर्नुहोस् माल्दिभ्समाथि पाकिस्तानको सोझो सेटमा शानदार जीत

डिसी नेपाल
१३ मंसिर २०७६ १२:१२

काठमाडौं। १३ औं साग अन्तर्गत बिहीबार दोस्रो दिनको पहिलो खेलमा पाकिस्तान विजयी भएको छ। पुरुष भलिबलमा पाकिस्तानले माल्दिभ्सलाई सोझो सेटमै पराजित गरेको हो। दशरथ रंगशालाको भलिबल कोर्टमा पाकिस्तानी खेलाडी माल्दिभ्सका खेलाडीमाथि तीनै सेटमा हावी देखिए।

पाकिस्तानले पहिला सेट २५-१६ मा जितेको थियो। दोस्रो सेट पाकिस्तानले २५-२३मा जित्यो। पहिलो सेटभन्दा दोस्रो सेटमा माल्दिभ्सका खेलाडी अलि फुर्तिला देखिएका थिए। तेस्रो सेटमा भने माल्दिभ्सका खेलाडी सुस्त देखिए। पाकिस्तानले लगातार लिड गर्दै २५- १५ मा तेस्रो सेट जित्दै ३ -० को नतिजा निकाल्यो।

बुधबार भएका खेलमा महिलातर्फ नेपाल विजयी भएको थियो भने पुरुषमा बंगलादेशसँग नेपाल पराजित भएको थियो। नेपाली महिला टिमले बंगलादेशलाई सोझो सेटमा पाखा लगाएका थिए भने पुरुष टिम नेपालले बंगलादेशसँग २-३ले नतिजा सुम्पेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *