सुनसान सडकमा पन्चर भयो महिला डाक्टरको स्कुटर, बिहान भेटियो जलेको लाश

डिसी नेपाल
१३ मंसिर २०७६ १२:२३

काठमाडौं। एक महिला डाक्टर बिहान ड्युटीको लागि अस्पताल जान्छिन् तर बेलुका घर फर्किने क्रममा उनको स्कुटर पन्चर हुन्छ । महिलाले आफ्नी बहिनीलाई फोन गरेर यसको जानकारी दिन्छिन् र भन्छिन् कि केही मानिसहरु उनलाई मद्दत गर्न भन्दै आएका छन् । उनले पछि कुरा गर्ने भनेर फोन राख्छिन् त्यसपछि उनको फोन अफ हुन्छ । बिहान पुलिसले एक जलेको शव भेट्टाउँछ । जाँचमा शव उनै महिला टाक्टरको भएको खुल्छ ।

सामाजिक संजालमा पनि यो घटना ट्रेण्ड हुन सुरु भएको छ । यो क्रुरतापूर्ण घटना तेलंगनामा हैदराबाद नजिकै भएको आज तकको समाचारमा उल्लेख छ । भेटेरिनरी डाक्टर प्रियंका रेड्डी बुधबार आफ्नो घर शम्शाबादबाट कोल्लुरुस्थित पशु चिकित्सालय गएकी थिइन् । त्यहाँबाट घर फर्किने क्रममा साँझ करिब ६ बजे टोल प्लाजा नजिकै उनको स्कुटर पन्चर भयो । त्यपछि प्रियंकाले आफ्नी बहिनीलाई फोन गरेर यसको जानकारी दिइन् ।

बहिनीले उनलाई टोल प्लाजा गएर ट्याक्सीमा घर आउन भनिन् । प्रियंकाले आफूलाई केही मानिसहरुले मद्दत गर्न खोजेको भन्दै पछि फोन गर्ने बताइन् । त्यपछि प्रियंकाको मोवाइल फोन स्विच अफ भयो । परिवारले उनलाई त्यस क्षेत्रमा खोजे तर उनी फेला परिनन् । भोलिपल्ट बिहान उनको जलेको लाश भेटियो । नजिकै गाडी मर्मत गर्ने वर्कशप चलाउने मेकानिक समशेर आलमका अनुसार एक युवक डाक्टर प्रियंकाको स्कुटर लिएर राती साढे ९ बजेतिर उनको पलमा आएका थिए । उनले स्कुटर छोडेर गए । पुलिसले हत्याको मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *