१५ तस्वीरमा हेर्नुहोस् नेपाल र भारतबिचको खेल

डिसी नेपाल
१३ मंसिर २०७६ १९:२७

काठमाडौं। काठमाडौंमा जारी १३ दक्षिण एशियाली खेलकुद (साग)को पुरुष भलिबलको समूह ए को अन्तिम खेल नेपाल भारतसँग पराजित भएसँगै जितबिहीन हुँदै बाहिरिएको छ। समूह चरणको अन्तिम खेलमा शुक्रबार नेपाल भारतसँग ३–० को सोझो सेटमा पराजित भयो। यो समूहबाट भारत विजेता तथा बंगलादेश उपविजेता बन्दै सेमिफाइनल पुगेका छन्।

शुक्रबार दशरथ रंगशालास्थित भलिबल कोर्टमा घरेलु टोली नेपाल भारतसँग कुनै पनि सेटमा प्रतिस्पर्धात्मक देखिएन। नेपालले लगातार तीन सेट गुमायो। पहिलो सेटमा नेपाल भारतसँग १५–२५ ले पराजित भएको थियो। दोस्रो सेट २५–१३ ले गुमायो। तेस्रो सेटमा सुधारिएको प्रर्दशन गरेको नेपाललाई १२ स्कोरपछि अंक जोड्न नै कठिन भयो। तेस्रो सेट नेपालले १६–२५ ले गुमायो। यसअघि नेपाल बंगलादेशसँग पराजित भइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *