लण्डन ब्रिजमा अन्धाधुन्ध छुरा चलाउने व्यक्ति यसरी मारिए (भिडियोसहित)

डिसी नेपाल
१४ मंसिर २०७६ ८:५३

एजेन्सी। बेलायतको लन्डनमा अन्धाधुन्ध छुरा चलाउने व्यक्ति मारिएका छन् । शुक्रबार भएको घटनामा उनलाई लन्डन ब्रिजमा प्रहरीले गोली हानी मारिदिएको हो ।

विगतमा आतंकवादको अभियोगमा जेल सजाय काटेका ती पुरुषले पुलमा मानिसहरुमाथि जथाभावी छुरा चलाएका थिए । उनले आफूसँग बम रहेको भन्दै तर्साएका थिए । धेरैलाई छुरा हान्न थालेपछि उनलाई केही व्यक्तिले पक्राउ गरी कुटपिट गरेका थिए । त्यसक्रममा लामो समय घम्साघम्सी परेको थियो ।

त्यहाँ प्रहरी पुगेर मानिसहरुलाई हटाएपछि ती व्यक्तिमाथि गोली प्रहार गरेको थियो । घटनामा आक्रमणकारी मारिएका छन् भने छुरा प्रहारबाट दुई जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् । लन्डन प्रहरीले यसलाई आतंकककारी आक्रमण भनेको छ । घटनापछि सुरक्षा सतर्कता बढाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *