काम सुरु नगर्दै राजीनामा
काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलको प्रमुख कार्यकारीमा नियुक्त भएका डेविड पेम्सलले काम सुरु गर्नु पूर्व नै राजीनामा दिएका छन् । पेम्सल गएको अक्टोबरमा प्रिमियर लिगको प्रमुख कार्यकारीमा नियुक्त भएका थिए।
उनले आउँदो फेब्रुअरीमा प्रमुख कार्यकारीका रुपमा काम सुरु गर्नु पर्ने थियो । तर व्यक्तिगत जीवनका बारेमा विभिन्न आरोपसहित पत्रपत्रिकामा आएका खबरपछि उनले राजीनामा दिएका हुन्। रिचार्ड मास्टर्स अन्तरिम प्रमुख कार्यकारीका रुपमा कायम रहने प्रिमियर लिगले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment