भलिबल खेलाडी रेश्माः कोर्टभित्र खेलले र कोर्टबाहिर सुन्दरताले लठ्याउँछिन्, १५ तस्वीर

डिसी नेपाल
१४ मंसिर २०७६ ९:४२

काठमाडौं। नेपाली महिला भलिबल टोली जारी दक्षिण एसियाली खेलकुदमा सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा नेपालले श्रीलंकासँग भिड्दैछ । हालै बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि जितेर उत्साहित नेपाली टोलीकी सशक्त सदस्य हुन् रेश्मा भण्डारी । घरेलु प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलबाट खेल्ने २४ वर्षकी रेश्मा विगत ११ वर्षदेखि भलिबलमा रमाइरहेकी छिन् ।

रेश्मा खेलाडी मात्र होइनन् उनी सामाजिक संजालमा सेलिब्रेटी भइसकेकी छिन् । म्युजिक भिडियो खेल्ने रहर बोकेकी रेश्मालाई अभिनय गर्न मन पर्छ । उनले टिकटकमा धेरै भिडियोहरु अपलोड गरेकी छिन् । यतिमात्र होइन उनको इन्स्टाग्राममा धेरै तस्वीरहरु छन् जसलाई हेर्दा उनी कुनै खेलाडी नभइ मोडल नै हुन् जस्तो लाग्छ । उनी आफैंले पनि आफू खेलाडी नभएको भए मोडल नै बन्थें होला भन्ने गर्छिन् । अग्लो कद, मिलेको शरीर र सुन्दर मुहारले गर्दा उनको सुन्दरताको तारिफ नगर्नेहरु शायदै होलान् । उनलाई फिल्मको लागि पनि अफर आएको हो तर उनले आफूलाई फिल्मको लागि तयार भइसकेको जस्तो ठानिन् । म्युजिक भिडियोमा भने काम गर्ने उनको रहर छ । हेरौं उनका सुन्दर तस्वीरहरु –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *