टेस्ट क्रिकेटमा डेभिड वार्नरले रचे इतिहास, ३ सय रन पूरा गरेपछि बल्ल हाने छक्का

डिसी नेपाल
१४ मंसिर २०७६ १२:४०

काठमाडौं। अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले टेस्ट क्रिकेटमा तेहरो शतक बनाउँदै इतिहास रचेका छन् । आफ्नो करिअरकै पहिलो तेहरो शतक बनाएर वार्नर नटआउट खेलिरहेका छन् । ३८९ बलमा ३ सय रन पूरा गर्ने क्रममा वार्नरले ३७ चौका हाने ।

३ सय रन बनाउँदासम्म एउटा पनि छक्का नहानेका वार्नरले तीन सय रनको माइलस्टोन पार गरेपछि भने छक्कासमेत हो । वार्नरले टेस्टको दोस्रो दिनमा ३ सय रन पूरा गरेका हुन् । ३०८ रन बनाउँदा वार्नर अहिलेसम्म टेस्टमा सर्वाधिक स्कोर बनाउने खेलाडीको सूचीमा २५ औं स्थानमा पुगेका छन् । उनी अझै नटआउट खेलिरहेकोले उनी अझै अगाडि जाने अवसर बाँकी नै छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *