वार्नरले क्रिकेट इतिहासकै सबैभन्दा ठूलो उपलब्धी हासिल गर्ने अवसर आफैंले त्यागे

डिसी नेपाल
१४ मंसिर २०७६ १३:१२

काठमाडौं। अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले क्रिकेट इतिहासकै सबैभन्दा ठूलो उपलब्धी हासिल गर्ने अवसर आफैंले त्यागेका छन् । यद्यपि उनले विश्व क्रिकेटको इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाएका छन् । वार्नरसँग अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै एक इनिङमा सबैभन्दा धेरै स्कोर बनाउने अवसर थियो तर उनले त्यो गर्न चाहेनन् ।

पाकिस्तानविरुद्धको जारी टेस्टमा वार्नरले नटआउट ३३५ रनमा आफ्नो इनिङ समाप्त पारेका छन् । अस्ट्रेलियाले ३ विकेटको क्षतिमा ५८९ रन बनाउँदा आफ्नो इनिङ समाप्तिको घोषणा गरेको हो । वार्नर आउट नभएकोले उनले चाहेको भएमा अझै ब्याटिङ गर्न सक्थे । उनी विश्व क्रिकेटमा एक इनिङमा सर्वाधिक स्कोर गर्ने वेष्ट इण्डिजका ब्रायन लाराको स्कोरभन्दा ६५ रन टाढा थिए तर उनले त्यो रेकर्ड तोड्ने प्रयास गर्न चाहेनन् ।

वार्नर टेस्ट क्रिकेटमा अहिलेसम्म सर्वाधिक स्कोर बनाउने ब्याट्सम्यानको सूचीमा दशौं नम्बरमा छन् । ब्रायन लारा (नटआउट ४००), म्याथ्यु हेडन (३८०), ब्रायन लारा (३७५), महेला जयवद्र्धने (३७४), गेरी सोबर्स (नटआउट ३६५), लियोनार्ड हट्टन (३६४), सनथ जयसूर्या (३४०), हनिफ मोहम्मद (३३७) र वाली हाम्मोन्ड (नटआउट ३३६) पछि दशौं स्थानमा वार्नर (नटआउट ३३५) छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *