सागका लागि बंगलादेशले घोषणा गर्यो क्रिकेट टोली, पुरुष टोलीमा तीन सिनियर खेलाडी

डिसी नेपाल
१४ मंसिर २०७६ १६:३५

काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि बंगलादेशले क्रिकेट टिमको घोषणा गरेको छ। बंगलादेशले राष्ट्रिय टोलीबाट खेलिरहेका तीन खेलाडी राख्दै साग खेल्ने यू–२३ पुरुष टिमको घोषणा गरेको हो ।

नाज्मुल हुसेनको कप्तानीमा रहने बंगलादेशको टिममा सौम्य सरकार, अफिफ हुसेन र नाइम शेख सिनियर टिमका खेलाडी रहेका छन् । टियु क्रिकेट मैदानमा हुने सागको पुरुषतर्फ पाँच टिमले प्रतिस्पर्धा गर्ने छन् । जसमा नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स रहेका छन् ।

राउण्ड रोबिनको आधारमा हुने पुरुष क्रिकेटको शीर्ष दुई टिमले स्वर्ण पदकको लागि खेल्ने छन् । यस्तै तेस्रो र चौंथो टिमले कास्यको लागि खेल्नेछ ।

बंगलादेशको टिमः

मोहमद सैफ हसन, नाइम शेख, अफिफ हुसेन,जाकिर हसन, नाज्मुल हुसेन, यासिर अली चौधरी, सायद मिन्हाजुल अफ्रिदी, सुमोन खान, महिदुल इस्लाम, तान्भिर इस्लाम, मनिक खान,मेहेदी हसन राना, सोम्य सरकार, महादी हसन, हसन मोहम्मद

यस्तै बंगलादेशले महिला टोलीको पनि घोषणा गरेको छ। सलमा खातुनको कप्तानीमा बंगलादेशले साग क्रिकेट खेल्ने छ ।

पोखरामा हुने महिला क्रिकेटमा निगार सुल्तान, जहांआरा आलम, आएशा रहमान, फरजाना हक, मुर्शिदा खातून, संजीदा इस्लाम, शबनम मुस्तारी, फहीमा खातून, शमीमा सुल्ताना, नहिदा अख्तर, खदीजा तुल कुबरा, रितु मोनी, पूजा चक्रवर्ती र राबिया अख्तर रहेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *