स्मिथले तोडे टेस्टमा ७३ वर्ष पुरानो कीर्तिमान

डिसी नेपाल
१४ मंसिर २०७६ १७:०६

एजेन्सी । अष्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथले टेस्ट क्रिकेटमा ७३ वर्ष पुरानो कीर्तिमान भङ्ग गरेका छन् । पाकिस्तानसँगको दोस्रो टेस्टमा २३ रन जोड्पछि चाँडो ७ हजार रन पुरा गर्ने खेलाडी बने।

स्मिथले ७० टेस्टमा १ सय २६ पारीमा ७ हजार रन बनाए। यसअघि सन् १९४६ मा इंग्ल्यान्डका कप्तान वेली हमान्डले ८० टेस्ट खेलमा १ सय ३१ इनिङमा ७ हजार रन पुरा गरेका थिए । दोस्रो दिनको खेल सकिँदा पाकिस्तानमाथि अस्ट्रेलिया हाबी भएको छ।

अस्ट्रेलियाले वार्नरको ३३५ नटआउटसँगै ५८९ रनमा आफ्नो पारी समाप्तीको घोषणा गरेको थियो। जवाफी ब्याटिङमा उत्रेको पाकिस्तानले खराब ब्याटिङ गर्दै ९६ रनमा ६ विकेट गुमाएको छ। अस्ट्रेलियाका मिचेल स्टार्कले ४ विकेट लिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *