पुरुष भलिबल : श्रीलंकामाथि पाकिस्तानको रोमाञ्चक जित

डिसी नेपाल
१४ मंसिर २०७६ १७:२२

काठमाडौं। १३ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)को पुरुष भलिबलमा शनिबार भएको खेलमा पाकिस्तान विजयी भएको छ।

समूह बीको अन्तिम खेलमा पाकिस्ताले श्रीलंकलाई पराजित गरेको हो। पहिलो सेट जितेको श्रीलंकाले लगातार तीन सेटमा पाकिस्तानसँग पराजय भोग्यो ।

जितसँगै पाकिस्तान समूह विजेता बनेर सेमिफाइनल पुगेको छ। पाकिस्तान सेमिफाइनलमा बंगलादेशसँग आइतबार भिड्ने छ।

पाकिस्तानसँग पराजित भए पनि श्रीलंका पनि सेमिफाइनल पुगेको छ। श्रीलंका र भारतबीच अर्को सेमिफाइनल हुने छ।

पुरुष भलिबलमा नेपाल भने जितविहीन हुँदै समूह चरणबाटै बाहिरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *