ला लिगाः रियललाई शीर्ष स्थानमा उक्लने मौका

डिसी नेपाल
१४ मंसिर २०७६ १७:३८

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज उपाधि दाबेदार क्लब रियल मड्रिडले डिपोर्टीभो अल्भेससँग प्रतिस्पर्धा गर्दैछ । रियलले अल्भेससँग उसैको मैदानमा प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार ५ः४५ मा सुरु हुनेछ ।

अल्भेसविरुद्ध मैदान उत्रदा रियलको नजर शीर्ष स्थानमा उक्लनु हुनेछ । अल्भेसलाई पराजित गरे रियल कम्तिमा एक दिनको लागि शीर्ष स्थानमा उक्लने छ । रियल १३ खेलमा २८ अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ । अल्भेसलाई पराजित गरे रियल बार्सिलोनालाई पछि पार्दै शीर्ष स्थानमा उक्लनेछ ।

बार्सिलोना १३ खेलमा २८ अंक जोडेर नै शीर्ष स्थानमा रहेको छ । बार्सिलोना गोल अन्तरमा रियल भन्दा अघि रहेको छ । १८ अंक जोडेको अल्भेस १३ औं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *