महिला भलिबल सेमिफाइन : भारतको लगातार दोस्रो सेटमा पनि जित

डिसी नेपाल
१४ मंसिर २०७६ १८:३९

काठमाडौं। १३ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)को महिला भलिबलमा शनिबार भएको पहिलो सेमिफाइनलमा भारतले लगातार दुई सेट जितेको छ। माल्दिभ्सलाई भारतले सजिलै दुबै सेटमा पाखा लगाउँदै फाइनल नजिक पुगेको छ। पहिलो सेट भारतले २५ -१४ ले जितेको थियो ।

दोस्रो सेट २५ -६ले जित्यो । समूह ए बाट विजेता बनेर सेमिफाइनल पुगेको भारतले समूह बी को उपविजेता माल्दिभ्ससँग खेलिरहेको छ। यो खेलपछि नेपाल र श्रीलंकाबीच दोस्रो सेमिफाइनल हुनेछ।

यसअघि भएको पुरुष भलिबलको खेलमा पाकिस्तान विजयी भएको छ। समूह बीको अन्तिम खेलमा पाकिस्ताले श्रीलंकलाई पराजित गरेको हो। पहिलो सेट जितेको श्रीलंकाले लगातार तीन सेटमा पाकिस्तानसँग पराजय भोग्यो ।

जितसँगै पाकिस्तान समूह विजेता बनेर सेमिफाइनल पुगेको छ। पाकिस्तान सेमिफाइनलमा बंगलादेशसँग आइतबार भिड्ने छ।

पाकिस्तानसँग पराजित भए पनि श्रीलंका पनि सेमिफाइनल पुगेको छ। श्रीलंका र भारतबीच अर्को सेमिफाइनल हुने छ।

पुरुष भलिबलमा नेपाल भने जितविहीन हुँदै समूह चरणबाटै बाहिरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *