प्रिमियर लिगः लिग लिडर लिभरपुलाई ब्राइटनको तथा चेल्सीलाई वेष्ट ह्यामको चुनौति

डिसी नेपाल
१४ मंसिर २०७६ १८:५०

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज ६ खेलहरु हुँदैछ । प्रिमियर लिगमा शनिबार शीर्ष स्थानको लिभरपुल, साविक विजेता म्यानचेस्टर सिटी, चेल्सी, टोटेनहम लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

लिग लिडर लिभरपुलले घरेलु मैदानमा ब्राइटनको सामना गर्नेछ । खेल राति ८ः४५ मा सुरु हुनेछ । एनफिल्डमा ब्राइटनको सामना गर्दा लिभरपुल अपराजित यात्रा कायम गर्ने योजनामा हुनेछ ।

लिभरपुलले १३ खेलमा १२ जित र १ बराबरी खेलेको छ । लिभरपुल एक मात्र अपराजित टिम हो । लिभरपुलले १३ खेलमा ३७ अंक जोडेको छ । ब्राइटन भने लिभरपुललाई उसैको मैदानमा स्तब्ध बनाउने योजनामा रहेको छ । १३ खेलमा १५ अंक जोडेको ब्राइटन १२ औं स्थानमा रहेको छ ।

यस्तै चेल्सीले घरेलु मैदानमा वेष्ट ह्यामको सामना गर्नेछ । टोटेनहमले घरेलु मैदानमा बर्नेमाउथसँग खेल्नेछ । त्यस्तै बर्नलीले क्रिष्टल प्यालेस र साउथह्याम्पटमले वाट्फोर्डसँग खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *