थवाङमा उपनिर्वाचन : नेकपाका जनकबहादुर बुढा विजयी
रोल्पा । रोल्पाको थबाङमा गाउँपालिका–१ को उपनिर्वाचनमा नेकपाका वडाअध्यक्ष उम्मेदवार जनकबहादुर बुढा विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कलम रोकालाई १४८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । नेकपाका बुढाले एक सय ७४ मत ल्याए भने उनका प्रतिद्वन्द्वी कांग्रेसका रोकाले २६ मत ल्याए ।
२०९ मत खसेकोमा ९ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment