अल्भेसलाई हराउँदै रियल शीर्ष स्थानमा
एजेन्सी । स्वनिस महारथी रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार भएको खेलमा डिपोर्टीभो अल्भेसलाई २–१ गोलले पराजित गर्दै रियल शीर्ष स्थानमा उक्लिएको हो।
अल्भेसको घरेलु मैदानमा रियललाई जित दिलाउन सर्जियो रामोस र ड्यानी कार्भाजलले १–१ गोल गरे। यस्तै अल्भेसका लुकास पेरेजले एक गोल गरे। दुवै टिमले खेलको पहिलो हाफमा गोल गर्न सकेका थिएनन्।
५२ औं मिनेटमा रियलका रामोसले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। त्यसपछि ६५ औं मिनेटमा अल्भेसका पेरेजले गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनले पेनाल्टी मार्फत गोल गरेका थिए। त्यसको ४ मिनेट पछि ६९ औं मिनेटमा ड्यानीले गोल गर्दै रियललाई जित दिलाए।
जितसँगै रियलले बार्सिलोनालाई पछि पार्दै ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। रियलको १४ खेलमा ३१ अंक रहेको छ भने दोस्रो स्थानको बार्सिलोनाको १३ खेलमा २८ अंक रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment