महिला भलिबल सेमिफाइनल : पहिलो सेटमा नेपालको दमदार जित

डिसी नेपाल
१४ मंसिर २०७६ २०:२४

काठमाडौं। १३ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)को महिला भलिबल अन्तर्गत नेपाल र श्रीलंकाबीच सेमिफाइनल शुरु भएको छ।

शनिबार दशरथ रंगशालास्थित भलिबल कोर्टमा नेपाल र श्रीलंकाबीचको खेलमा नेपालले पहिलो सेट जितेको छ। नेपालले पहिलो सेट २५ ले जित्यो।

नेपाल समूह ए मा उपविजेता बनेर सेमफिाइल प्रवेश गरेको हो भने श्रीलंका समूह बी मा विजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो। यो खेलको विजेताले सवर्ण पदकका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ।

यसअघि भएको खेलमा शनिबार भारत फाइनल प्रवेश गरेको छ। शनिबार भएको पहिलो सेमिफाइनलमा उसले माल्दिभ्सलाई सोझो सेटमै पराजित गर्दै एक पदक पक्का गर्यो।

दशरथ रंगशालास्थित भलिबल कोर्टमा भारत माल्दिभ्सलाई लगातार ३ सेटमा पराजित गर्दै स्वर्ण पदक नजिक पुगेको हो। उसले अब नेपाल र श्रीलंकाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ।

माल्दिभ्सलाई भारतले पहिलो सेटमा २५ १४ ले पाखा लगायो । दोस्रो सेटमा कमजोर प्रदर्शन गरेको माल्दिभ्सले मात्र ६ अंक जोड्दा भारतले २५ -१४ अंक जोड्यो । तेस्रो सेटमा भने माल्दिभ्सले उत्कृष्ट पुनरागमन गरेको छ। दोस्रो टेक्निकल टाइसम्म अग्रता लिएको माल्दिभ्स त्यसपछि सम्हालिन सकेन। तेस्रो सेट भारतले २५ ले ले जित्यो । भारत समूह ए बाट विजेता बनेर सेमिफाइनल पुगेको थियो भने माल्दिभ्स मूह बी को उपविजेता बनेको थियो।

यसअघि भएको पुरुष भलिबलको खेलमा पाकिस्तान विजयी भएको छ। समूह बीको अन्तिम खेलमा पाकिस्ताले श्रीलंकलाई पराजित गरेको हो। पहिलो सेट जितेको श्रीलंकाले लगातार तीन सेटमा पाकिस्तानसँग पराजय भोग्यो ।

जितसँगै पाकिस्तान समूह विजेता बनेर सेमिफाइनल पुगेको छ। पाकिस्तान सेमिफाइनलमा बंगलादेशसँग आइतबार भिड्ने छ।

पाकिस्तानसँग पराजित भए पनि श्रीलंका पनि सेमिफाइनल पुगेको छ। श्रीलंका र भारतबीच अर्को सेमिफाइनल हुने छ।

पुरुष भलिबलमा नेपाल भने जितविहीन हुँदै समूह चरणबाटै बाहिरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *