टी–२०मा एकै ओभरमा ५ विकेट लिएर यी बलरले रचे कीर्तिमान

डिसी नेपाल
१४ मंसिर २०७६ २०:२८

एजेन्सी । भारतमा जारी सेद मुस्ताक अली ट्रफी टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा अभिमन्यु मिथुनले कीर्तिमानी बलिङ प्रदर्शन गरेका छन् ।

कर्नाटकाबाट खेलेका मिथुनले हरियानाविरुद्ध एकै ओभरमा ह्याट्रिकसहित ५ विकेट हात पार्दै कीर्तिमानी बलिङ प्रदर्शन गरेका हुन् । योसँगै मिथुन टी–ट्वान्टीको ६ बलमा ५ विकेट लिने विश्वका दोस्रो खेलाडी बने ।

हरियानाविरुद्ध शुक्रबार भएको सेमिफाइनलमा मिथुनले ३९ रन खर्चेर ५ विकेट हात पारे । ३ विकेट गुमाएर १ सय ९२ रन बनाएर ठुलो स्कोर तर्फ लाग्दै गरेको हरियानाको इनिङ्स मिथुनले धरासाई बनाएका थिए ।

हरियानाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९४ रन मात्र बनाउन सक्यो । जवाफी लक्ष्य पछ्याएको कर्नाटाकाले १५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

यसअघि बंगलादेशका अल अमिन हुसेनले टी–ट्वान्टीमा एक ओभरमा ५ विकेट हात पारेका थिए । गत महिना विजय हजारे ट्रफीको फाइनल खेलमा समेत मिथुनले लिस्ट ए तर्फ ह्याट्रिकसहित ५ विकेट हात पारेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *