लमजुङमा उपनिर्वाचन : नेकपाका श्रेष्ठ विजयी

डिसी नेपाल
१४ मंसिर २०७६ २३:२१

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका २ मा वडाध्यक्ष पदको लागि आज भएको उपनिर्वाचमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नवीनकुमार श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले ४४२ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाश सेढाइले ४४२ मत प्राप्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाका अनुसार दुई हजार २९७ मतदाता रहेको सो वडामा ६६ दशमलव ३ प्रतिशत अर्थात एक हजार ५२३ मत खसेको थियो ।

खसेको मतमध्ये १२ मत बदर भएको उनले बताए । तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष लोकराज पाण्डे जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *