भान डाईकको दुई गोलमा लिभरपुल अपराजित

डिसी नेपाल
१४ मंसिर २०७६ २३:३३

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुल विजयी भएको छ । ब्राइटन एण्ड होभ अल्बियोनलाई २–१ ले हराउँदै लिभरपुलले प्रिमियर लिग तालिकामा ११ अंकको अग्रता लिएको छ ।

दोस्रो स्थानको म्यान्चेष्टर सिटी न्यूक्यासलसँग २–२ गोलको बराबरीमा रोकिनु र ब्राइटनविरुद्ध जित निकालेका कारण लिभरपुलले १४औं चरण सकिँदा ठूलो अन्तर बनाउन सफल भएको हो । एन्फिल्डमा भएको खेलमा ब्राइटनविरुद्ध जित दिलाउनका लागि भर्जिल भान डाइक नायक बने । दुबै गोल उनले गरेका थिए ।

१८औं मिनेटमा भान डाइकले ट्रेन्ट अलेक्सान्दर आर्नोल्डको फ्रिकिकमा गोल गरेका थिए । त्यसको ६ मिनेटपछि भान डाइकले आर्नोल्डकै कर्नरमा गोल गरेपछि लिभरपुलले आग्रता २–० मा लम्ब्यायो ।

७६औं मिनेटमा लिभरपुलका गोलकिपर एलिसन डिबक्सबाहिर आएर विपक्षी खेलाडीलाई फल गरेपछि रातो कार्ड पाउन पुगे । एलिसनको अनुपस्थिती पछि कमजोर बनेको लिभरपुलले तीन मिनेटपछि नै गोल खान पुग्यो ।

७९औं मिनेटमा ब्राइटनका लुइस डंकले गोल गर्दै लिभरपुलको अग्रता २–१ मा छोट्याए । तर, थप गोल हुन नसक्दा लिभरपुल विजयी भयो । ब्राइटनको १५ अंक छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *