साइक्लिङमा नेपाललाई दुई स्वर्ण

डिसी नेपाल
१८ मंसिर २०७६ १५:०८

काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङमा नेपालले दुई स्वर्ण पदक जितेको छ। गोकर्णस्थित सहिद पार्कमा बुधबार डाउनहिलतर्फ नेपालले दुई स्वर्ण जितेको हो । पुरुषमा नेपालका राजेश मगर र महिलामा निश्मा श्रेष्ठले स्वर्ण जितिन्।

राजेशले १ किमिको दुरी १ मिनेट ४९.३३३ सेकेण्डमा पुरा गरे । पुरुषमा नेपालका निरभ श्रेष्ठले रजत र प्राचित थापाले कास्य जिते । निरभले १ मिनेट ५०.०८० सेकेण्डको समय निकाल्दा प्राचित १ मिनेट ५१.६६१ सेकेण्डको समय निकाले ।

निश्माले २ मिनेट २२.४५१ सेकेण्डको समय निकाल्दै स्वर्ण जितिन् । महिलातर्फ नेपालकी जमुना थापाले २ मिनेट ४१.५५१ सेकेण्डको समयसहित रजत जितिन् । भारतकी यशोधारा मधुकरले ३ मिनेट ३७.२३८ सेकेण्डको समयसहित कास्य जितिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *