४ महिने बच्चासहित दम्पतीको हत्या, लाशसँग सम्भोग, १० वर्षे बालिकालाई पनि बलात्कार

डिसी नेपाल
१८ मंसिर २०७६ १५:१७

काठमाडौं। एक जोडी श्रीमान श्रीमती र उनीहरुको ४ महिनाको नाबालक छोराको हत्या गरेर श्रीमतीको लाशसँग सम्भोग गरेपछि दम्पतीकी १० वर्षकी छोरीलाई पनि बलात्कार गर्ने मानसिक रुपमा यौनविकृत अपराधी भारतमा पक्राउ परेका छन् । ३८ वर्षका नसिरुद्दिन नामका ती अपराधीलाई एक जोडी र उनीहरुको नाबालक छोराको हत्याको अभियोगमा पक्राउ गरिएको डेलिमेलको समाचारमा उल्लेख छ । पीडितहरुको शव नग्न अवस्थामा उत्तर प्रदेशको आजमगढमा भेटिएको थियो ।

ती आरोपीलाई ‘यौन पागल’ र ‘नेक्रोफिले’ भनेर परिभाषित गरिएको छ । अंग्रेजीमा नेक्रोफिले भनिने व्यक्ति यस्ता व्यक्ति हुन् जसलाई लाशसँग यौन सम्पर्क गर्ने तीब्र इच्छा हुन्छ । ती आरोपीले रातको समयमा पीडित परिवारको घर फाडेर घरभित्र छिरेको, ३५ वर्षका परिवारका पितालाई भारी ढुंगाले हिर्काएर मारेको र त्यपछि ३० वर्षकी आमाको हत्या गरेको स्वीकार गरेका छन् । अभिभावक दुवैलाई मारेपछि नसिरुद्दिनले उनीहरुका ४ महिनाका छोराको पनि हत्या गरेका थिए । त्यसपछि उनले आमाको लाशसँग सम्भोग गरेका थिए ।

आरोपीले महिलाको शवसँग ३ घण्टासम्म सम्भोग गरेका थिए । त्यसपछि उनले परिवारकी १० वर्षकी घाइते छोरीलाई पनि बलात्कार गरेका थिए र उनका ४ वर्षका भाइलाई पनि आक्रमण गरेका थिए । उनले आफूले उत्तेजना बढाउने औषधीको सेवन गरेको र घरभित्र जाँदा साथमा कण्डम लिएर गएको पनि स्वीकार गरेको अनुसन्धान अधिकारी त्रिवेणी सिंहले इण्डो एसियन न्यूज सर्भिसलाई बताएका छन् ।

यी विकृत हत्याराले आफूले गरेको अपराधको भिडियो आफ्नी भाइ बुहारीलाई देखाएका थिए जो यो भिडियो देखेर तर्सिएकी थिइन् । यी हत्यारा पक्राउ पर्नुमा ती बुहारीको हात थियो वा थिएन भन्ने प्रस्ट भने भएको छैन । यो डरलाग्दो घटना गुजरातमा २ शिक्षकहरु १५ वर्षकी दृष्टिविहीन बालिकालाई स्कुलमै बलात्कार गरेको घटनाको २ महिनापछि भएको हो । एक महिना अगाडि भारतमै एक महिलालाई आफ्नै भतिजाहरुले सामूहिक बलात्कार गरेपछि उनका पूर्वपतिले उनलाई आफ्नी नाबालिका छोरीकै अगाडि एसिड पिउन बाध्य पारेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *