सक्षम कार्कीले दिलाए तेक्वान्दोमा स्वर्ण, सागमा नेपालको सय स्वर्ण पुरा

डिसी नेपाल
१८ मंसिर २०७६ १६:३२

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले अर्को स्वर्ण पदक जितेको छ। तेक्वान्दो खेलाडी सक्षम कार्कीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।

८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका कार्कीले पाकिस्तानी खेलाडी वाकर अली शाह २७–९ को स्कोरमा हराएका हुन् । यससँगै सागमा नेपालको १०० स्वर्ण पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *