साग फुटबल : नेपाल भर्सेस श्रीलंका फुटबल जारी

डिसी नेपाल
१८ मंसिर २०७६ १७:१८

काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत नेपाल र श्रीलंकाबीच फुटबल म्याच दशरथ रंगशालामा जारी छ।

पहिलो खेल जितेको नेपाल दोस्रो जितको खोजीमा छ भने श्रीलंका पहिलो जितको खोजीमा छ। खेल शुरु भएको १५ मिनेटसम्म दुबै टिमबाट गोल हुन सकेको छैन। दुबैतर्फका केही आक्रमणहरु भए पनि दिशाहिन रहे।

नेपालले पहिलो खेलमा भुटानलाई ४-० को शानदार गोल अन्तरले पराजित गरेको थियो।

नेपाल अंक तालिकामा ३ अंकसहित शीर्षस्थानमा छ । भुटानले पनि २ खेलमा ३ अंक जोडेको छ । माल्दिभ्सले २ अंक तथा श्रीलंका र बंगलादेशले १(१ अंक जोडेका छन् । अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *