नेपाल भर्सेस श्रीलंकाः सुजलले गरे नेपालका लागि पहिलो गोल

डिसी नेपाल
१८ मंसिर २०७६ १७:४५

काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत नेपाल र श्रीलंकाबीच फुटबल म्याच दशरथ रंगशालामा जारी छ।

नेपालले एक गोलको अग्रता लिएको छ । नेपालका लागि कप्तान सुजल श्रेष्ठले खेलको ३५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन्। पहिलो हाफको ३३ मिनेटमा डिबक्स भित्र अनन्त तामाङलाई फाउल गरेपछि नेपालले पेनाल्टी पाएको हो।

पहिलो खेल जितेको नेपाल दोस्रो जितको खोजीमा छ भने श्रीलंका पहिलो जितको खोजीमा छ। नेपालले पहिलो खेलमा भुटानलाई ४–० को शानदार गोल अन्तरले पराजित गरेको थियो।

नेपाल अंक तालिकामा ३ अंकसहित शीर्षस्थानमा छ । भुटानले पनि २ खेलमा ३ अंक जोडेको छ । माल्दिभ्सले २ अंक तथा श्रीलंका र बंगलादेशले १-१ अंक जोडेका छन् । अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *